Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले संसद् अहिले पनि जिउँदै छ : उपेन्द्र यादव

जसपाले आज काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले संसद जीवत रहेको बताएका छन् ।

यादवले प्रतिनिधि सभा अहिले पनि ज्युँदै रहेको र सभामुखले संसद बैठक बोलाएर प्रतिनिधिसभा अगाडी बडाउन सकिने बताए ।

यादवले भने,‘सभामुखले बैठक बोलाएर कामकारवाही गर्न सक्नुहुन्छ,’ ‘संसद अहिले पनि ज्युँदै छ।’

केपी शर्मा ओलीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेकोले अल्पमतमा परिसकेका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने यादवले बताएका छन्।

उनले अल्पमतमा परिसकेका प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नहुने पनि बताएका छन्।

संसद पुनर्स्थापनाको माग राखेर दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जसपाले पहिलो दिन काठमाडौं अन्तरक्रिया आयोजना गरेको हो ।

प्रकाशित मिति: Jan 5, 2021

प्रतिक्रिया दिनुहोस्