Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलाममा श्रीमानले गरे खुकुरीले घाँटीमा हानेर श्रीमतीको हत्या

प्रदेश नं १ स्थित इलाममा आफ्नै श्रीमानले खुकुरीले घाँटीमा हानेर श्रीमतीको हत्या गरेका छन् ।

देउमाई नगरपालिका-८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ ।आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 5, 2021

प्रतिक्रिया दिनुहोस्