Logo
६ बैशाख २०८१, बिहीबार
(January 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह प्रवक्ताको संयोजकत्वमा निर्वाचनको सुरक्षा समिति गठन

प्रधानमन्त्री ओलीको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा समिति गठन गरेका छन् ।

सरकारले प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको हो । समितिमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव सदस्य रहने बताइएको छ ।
गृहमन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव प्रेमला लामिछानेलाई समितिको सदस्य सचिव तोकिएको छ ।

समितिलाई सुरक्षा संवेदनशिलताको आधारमा जिल्लागत विवरण, मतदान स्थल, मतदान केन्द्र, निर्वाचन विरोधीहरुका गतिविधिको समीक्षा र सुरक्षा निकायको जिम्मेवारी र भूमिकालगायतका विषयमा विवरण तयार पार्न निर्देशन दिइएको छ ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै सरकारले त्यसको तयारी तीव्र पारेको हो ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रकाशित मिति: Jan 4, 2021

प्रतिक्रिया दिनुहोस्