Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा संसद् विघटनको लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालय

संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज राष्ट्रपति कार्यालयले बुझाउँदै छ ।

प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटनको कारण देखाऊ आदेश जारीगर्दै लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो।

सरकारले पनि महान्याधिवक्ता कार्यालयमार्फत् आजै दिउँसो सर्वोच्चमा लिखित जवाफ पेस गर्ने तयारी गरेको छ । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरीआगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

अहिलेकै अवस्थामा संसद् विघटन हुन नसक्ने जिकिर गर्दै सर्वोच्च अदालतमा एक दर्जन रिट दायर भएका थिए ।गत पुस १० गते संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेसी पुस २२ गतेका लागि तोकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस २२ गतेदेखि भने निरन्तर सुनुवाइमा राख्न पनि आदेश दिएको थियो ।

इजलासले सर्वोच्च अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेशसमेत गरेको थियो ।

 

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्