Logo
५ जेष्ठ २०८१, शनिबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री ज्ञवाली जनवरी दोस्रो साता भारत भ्रमणमा जादैँ

परराष्ट्रमन्त्री ज्ञवाली जनवरीको दोस्रो साता भारत भ्रमणमा जानको लागि पुन: तयारी थालिएको छ ।

अब जनवरीको दोस्रो साता भ्रमण गर्नेगरी दुवै पक्षले तयारी अगाडि बढाएका छन् ।तर आगामी हप्ताबाट सर्वोच्चमा संसद विघटनको बारेमा छलफल हुने भएकाले तत्कालै मिती भने घोषणा नगरिने स्रोतले जानकारी दियो ।

यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो ।

नेकपाभित्रको विवादका कारण केही समय होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको हो । तर प्रधानमन्त्री केपी ओलीले अकस्मात् संसद भंग गरेपपछि सो मितिमा भ्रमण हुन सकेन् ।

ज्ञवाली संयुक्त आयोगको वैठकमा भाग लिनका लागि दिल्ली जान लागेका हुन् ।

 

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्