Logo
५ जेष्ठ २०८१, शनिबार
(December 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ५३४ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

नेपालमा आज थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना सक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थप ४४७ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको मन्त्रालयले जनाएको छ।

आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ जना क्वारेन्टाइनमा छन्।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४७७ पुगेको छ।

 

प्रकाशित मिति: Dec 31, 2020

प्रतिक्रिया दिनुहोस्