Logo
५ जेष्ठ २०८१, शनिबार
(December 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि लाइसेन्सका लागि अनलाइन फाराम भर्ने सेवा शुरु

वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ ।

वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरेको हो ।

काठमाडौँ उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापल गायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको भएको र यसलाई निरन्तता दिइने वाग्मती प्रदेश यतायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर भण्डारीले बताए ।

केही महिनाअघि प्रदेशको केही जिल्लाबाट विभिन्न प्रकारको सवारी साधनको अनुमतिपत्र प्राप्त गर्नका लागि लिखित परीक्षा उत्तीर्ण गरिएको र ट्रायलको परीक्षा दिन बाँकी रहेका साथै ट्रायल परीक्षमा अनुउत्तीर्ण भएका परीक्षार्थीसमेतलाई मौकाको ट्रायल परीक्षमा गरी कूल ६८५ जनालाई समावेश गराउने तयारी भइरहेको उनले बताए ।

उनका अनुसार केही महिनाअघि लकडाउनका कारण स्थगन गरिएको ट्रायल परीक्षा यही पुस १९ देखि २२ गतेसम्ममा सञ्चालन हुने पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति: Dec 31, 2020

प्रतिक्रिया दिनुहोस्