Logo
२२ बैशाख २०८१, शनिबार
(December 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ

फरार रहेका लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई वीरगन्जमा पक्राउ गरेको छ ।

स्रोतका अनुसार बिहीबार बिहान अपराध महाशाखाको टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट अग्रवाललाई पक्राउ गरिएको हो ।

उखु किसानलाई उक्त चिनी मिलले १६ करोड बढी तिर्न बाँकी छ। यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो।

उक्त निर्देशनपश्चात मनोज फरार थिए। अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार चिनी मिल सुशिला गोयलको नाममा रहेको तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोज भागमा चिनी मिल परेको थियो। तर मिल पूर्ण रूपमा मनोजका नाममा आइसकेको छैन । यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो।

१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गतेदेखि उखु किसानहरू पुनः आन्दोलनमा उत्रिएका थिए। सरकारले सम्झौता भएको २१ दिनभित्र उखु किसानहरुलाई भुक्तानी गरिसक्ने बताएको छ ।

चिनी मिललाई भुक्तानीको लागि २१ दिनको म्याद तोकिएको छ। त्यतिबेलाभित्र उखु किसानहरुलाई भुक्तानी नदिए उनीहरूमाथि कारबाही अगाडि बढाइने सरकारले वाचा दिएको छ।

प्रकाशित मिति: Dec 31, 2020

प्रतिक्रिया दिनुहोस्