Logo
२२ बैशाख २०८१, शनिबार
(December 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा आज बर्षकै बढी चिसो, तापक्रम शून्य डिग्रीमा झर्‍यो

काठमाडौंसहित देशभर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्रीमा झरेको छ ।

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । अर्थात् सबैभन्दा चिसो दिन । विभागका अनुसार भोलि (शुक्रबार) को तापक्रम पनि शून्यकै वरिपरी रहन सक्नेछ ।

“उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ”, मौसमविद् प्रधानाङ्गले भने । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: Dec 31, 2020

प्रतिक्रिया दिनुहोस्