Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना : पार्किन्सन्स जस्तो देखिने एक जटिल रोगबाट ग्रसित

नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन् ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित दाहाललाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्।

उनले फेसबुकमा लेखेकी छन् ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी’।

सीता दाहाल पार्किन्सन्स जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

 

 

प्रकाशित मिति: Dec 30, 2020

प्रतिक्रिया दिनुहोस्