Logo
५ जेष्ठ २०८१, शनिबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वाब संकलन गर्दा हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र फर्म भर्न सरकारको निर्देशन

कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गर्दा हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र गर्न फर्म भर्न सरकारले निर्देशन दिएको छ ।

बुधबार बसेको सचिवस्तरीय बैठकले हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र स्वाब संकलन गर्न निर्देशन दिएको हो ।

हाल बसोबास गरेको ठेगाना उल्लेख नगर्दा कोरोना संक्रमण पुष्टि भएकाहरूको खोजी अनुसन्धान र स्थान विशेष पहिचान गरी गर्नुपर्ने कामहरू गर्न समस्या आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

बैठकको निर्णयपछि सबै प्रयोगशालालाई पठाइएको पत्रमा भनिएको छ, ‘नमूना संकलनकै समयमा सम्बन्धित व्यक्तिको हालको बसोबासको ठेगाना नै उल्लेख गरिदिनुहुन र यसमा अन्यथा भई कुनै समस्या वा उजूरीहरू पर्न आएमा नियमानुसार कारबाही समेत हुने सचिवस्तरको २०७७/९/१५ को निर्णयानुसार अनुरोध गरिन्छ ।’

यसअघि पनि पटक-पटक अनुरोध गरे पनि अटेर गरेको भन्दै मन्त्रालयले अबदेखि एकरूपता नभएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: Dec 30, 2020

प्रतिक्रिया दिनुहोस्