Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ दुतावास अगाडी प्रदर्शन, १७ जना पक्राउ

नेपालस्थित चिनियाँ दूतावास अगाडी नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

बु्धबार बिहान नेविसंघको अगुवाइमा भएको विरोध प्रदर्शनका १७ जना प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीहरूले नेपालमा चिनियाँ हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरेका थिए ।प्रदर्शनमा उत्रिएका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै हरेक दिन सरकारको विरोधमा समेत प्रदर्शन भइरहेको छ ।

आइतबार मात्र चिनियाँ उपमन्त्री गुओ यैचोसहितको टोली नेपाल आएको थियो र नेपालका प्रधानमन्त्री ,राष्ट्रपति, देउवा, प्रचण्ड, माधव, सभामुख, झलनाथ लगायत नेतालाई भेटेको थियो । उनीहरुले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा पनि चासो देखाएका थिए ।

उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए ।

यो सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल-चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उल्लेख गरेका थिए ।

प्रकाशित मिति: Dec 30, 2020

प्रतिक्रिया दिनुहोस्