Logo
२२ बैशाख २०८१, शनिबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा पनि ६ जनामा देखियो नयाँ प्रकारको संक्रमण, ‘युवाको दिमागमा बढी असर’

छिमेकी देश भारतमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको छ। नेपालमा पनि हिजो ५ जनामा यो नयाँ प्रकारको संक्रमण देखिएको थियो ।

नयाँ प्रकारको कोरोना संक्रमणका कारण विश्वमा फेरि संकट थपिने संकेत देखिको छ । यो नयाँ प्रकारको संक्रमणले यूवामा बढी असर देखिएको र दिमागमा असर गर्ने गरिएको समचारहरुमा जनाइएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो । बेलायतबाट देखिएको नयाँ प्रकारको कोरोना भाइरसका संक्रमित बेंगलोर, हैदराबाद, पुनेमा देखिएका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको छ साथै संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ अघि बढाइएको अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका अनुसार पोजिटिभ स्याम्पललाई जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइएको छ । पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएका छन् ।

तीमध्ये १ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती सबैलाई नयाँ प्रकारको कोरोना देखिएको भने होइन । भारतले बेलायतबाट आउने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ ।

बेलायतमा सेप्टेम्बरमा देखिएको यो भाइरस डेनमार्क, नेदल्यान्ड्स, अस्ट्रेलिया, इटाली, स्विडेन, स्विजरल्यान्ड, जर्मनी, क्यानडा, जापान, लेबनान, सिंगापुर, दक्षिण कोरियालगायतका विश्वका अधिकांश देशमा पुगिसकेको छ ।

प्रकाशित मिति: Dec 29, 2020

प्रतिक्रिया दिनुहोस्