Logo
२२ बैशाख २०८१, शनिबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर चिसो वृद्धि, काठमाडौंको तापक्रम एक डिग्रीमा झर्‍यो

अहिले देशभरी नै चिसो बढीरहेको छ । साथै आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियसमा झरेको छ ।

मौसम सामान्यतया सफा रहेपनि तापक्रम घट्दा चिसो वृद्धि भएको छ । आज देशका पहाडी भूभागमा समान्यतया मौसम सफा रहने र तराइका केही भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसोपख भने अधिकतम तापक्रम १७ डिग्री देखि १९ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा पश्चिमी वायुको प्रभावले समान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Dec 29, 2020

प्रतिक्रिया दिनुहोस्