Logo
५ जेष्ठ २०८१, शनिबार
(December 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ६५९ जनामा कोरोना पुष्टि, ७ संक्रमितको मृत्यु

नेपालमा आज ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टा भित्रमा कुल ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो । आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८३२ पुगेको मन्त्रालयले जनाएको छ। आज थप ७१८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ६९ जना क्वारेन्टाइनमा छन्।

 

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्