Logo
५ जेष्ठ २०८१, शनिबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा आज थप ४८१ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

सांकेतिक तस्विर

नेपालमा आज ४८१ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टाभित्र ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने मृतकको संख्या १ हजार ८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ।योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ ।

हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्। आज ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्