Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन

संसद् विघटनविरुद्ध जसपा नेपालले आज काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध काठमाडौंमा विरोध प्रर्दशन गरेको हो ।

संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ ।जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ ।

रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्‍याली कोणसभामा परिणत हुनेछ ।

कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायतले सम्बोधन गर्ने तय भएको छ ।

 

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्