Logo
२२ बैशाख २०८१, शनिबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता वितरणमा त्रुटि देखिएपछि इलाका प्रशासन प्रमुख र पिएन पक्राउ

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।

“हामीले जिप्रकाको आदेशलाई मानेका हौँ ”, प्रहरी प्रवक्ता राकेश थापाले भने, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । उहाँहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौँ”

उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्