Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीकै पक्षमा देउवा : संसद पुनर्स्थापनाबारे नबोल्न केन्द्रीय सदस्यलाई छेकबार !

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अन्ततः प्रधानमन्त्री केपि शर्मा ओलीकै पक्षमा उभिने देखिएका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवा प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा बनाउन नहुने पक्षमा देखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

उनले केन्द्रीय कार्यसमितिको जारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने सदस्यलाई समेत ‘अदालतमा प्रवेश गरेको विषय’ भन्दै नबोल्न भनेको समाचारमा उल्लेख छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्ने तर पुनःस्थापनाको माग उठाउन नहुने देउवाको भनाइ छ ।

देउवा पुनःस्थापनाको विरोधमा देखिएपछि शुक्रबारको बैठकमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएको बताइएको छ ।

प्रकाशित मिति: Dec 26, 2020

प्रतिक्रिया दिनुहोस्