Logo
२३ बैशाख २०८१, आईतबार
(December 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा संसद विघटनको सुनुवाई : सरकारको नाममा कारण देखाउ आदेश

सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे नेपाल सरकारसँग लिखित जवाफ माग गरेको छ । त्यस्तै संघीय मन्त्रिपरिषदले संसद विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतिको सक्कल प्रति मगाउन पनि आदेश दिएको छ ।

त्यसैगरी सर्वोच्चले संसदबाट पनि सबै दलको प्रतिनिधित्वको कपी माग गर्ने आदेश दिएको छ । सर्वोच्चले यस रिटमाथि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसँग एमिकस क्युरी पनि माग गरेको छ ।

शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

प्रकाशित मिति: Dec 25, 2020

प्रतिक्रिया दिनुहोस्