Logo
२३ बैशाख २०८१, आईतबार
(December 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा संसद विघटनविरुद्धको सुनुवाइ : संवैधानिक इजलासको रोष्टर परिवर्तन

सर्वोच्चको संवैधानिक इजलासको रोष्टर प्रधानन्याधिश चोलेन्द्र शंशेर राणाले परिवर्तन गरेका छन् । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज हुने संवैधानिक इजलाश अघि प्रधानन्यायाधी राणाले रोष्टर परिवर्तन गरेका हुन् ।

५ जनाको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खड्कालाई हटाएर न्यायाधीशहरु अनिलकुमार सिन्हा र तेजबहादुर केसी, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठलाई राखेका हुन् ।

गत बुधवार प्रधान न्यायाधीश राणाको एकल बेन्चले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको थियो ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश हुन्छन् । संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन ।

प्रकाशित मिति: Dec 25, 2020

प्रतिक्रिया दिनुहोस्