Logo
५ जेष्ठ २०८१, शनिबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोले गर्यो मतदाता नामावली संकलन कार्य स्थगित

गएको आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यसअघि निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गरिरहेको थियो ।

अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्