Logo
५ जेष्ठ २०८१, शनिबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्ध सर्वोच्चमा परेको रिटको आज सुनुवाइ हुदै

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुदै छ ।संसद विघटनविरूद्द करिब १ दर्जन रिट सर्वोच्चमा दर्ता भएका छन् ।

संसद् विघटनविरूद्द दायर रिटहरूको आज एकल इजलासमा सुनुवाई हुने सर्वोच्चको रिट महाशाखाले जनाएको छ ।

हिजो मंगलबार नेकपाका सांसदले पनि संसद विघटन असंवैधानिक भन्दै रिट दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, सांसदहरु कृष्णभक्त पोख्रेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका हुन् ।

रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

‘प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौँ’ रिटमा भनिएको छ, ‘अतः मिति २०७७ पुस ५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस् ।’

उनीहरूको रिटमा राष्ट्रपतिले विघटन घोषणा गर्नु असंवैधानिक रहेकाले संसद विघटन नभएको जिकिर गरिएको छ ।

 

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्