Logo
५ जेष्ठ २०८१, शनिबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारीद्वारा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालन

वाग्मती प्रदेशको राजधानी हेटौँडमा करीब रु तीन करोडको लागतमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि भक्तपुरले सो स्टोर सञ्चालनमा ल्याएको हो ।स्टोरबाट घरायसी, खाद्यान्न, विद्युतीय सामग्री, कपडा, पेयपदार्थलगायत वस्तु बिक्री गरिने लिमिटेडका क्षेत्रीय प्रबन्धक युवराज थापाले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका–४ पारिजातपथमा रहेको स्टोरको शुभारम्भका अवसरमा यही पुस महिनाभर हरेक सामानका खरीदमा तीन प्रतिशत छुट दिइएको जनाइएको छ ।

यस किसिमका स्टोर यसअघि डडेल्धुरा, चितवनका भरतपुर र टाँडी, सुर्खेत, कैलालीको अत्तरिया, बाग्लुङ र उदयपुरको गाईघाटमा सञ्चालनमा रहेको छन् ।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्