Logo
५ जेष्ठ २०८१, शनिबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानी र दिगो आर्थीक विकासमा अन्तरराष्ट्रिय वेबिनार

जल तथा दिगो आर्थिक विकास – एशियामा केस स्टडीजबाट फाइदा र पाठ विषय अन्तराष्ट्रिय वेविनार सम्पन्न भएको छ ।

वेबिनारले पानीको चुनौतीहरू र एशियामा विकासको लागि नितिसम्वन्धी उपकरणहरूको बारेमा छलफल भएको थियो । छलफमा कास्की, नेपाल र बाली, इन्डोनेवसयको केस स्टडी गरिएको थियो ।

यस कार्यक्रममा बोल्दै डा. डा केनसुके फुकुशी, युएनयू-आइएएसका शैक्षिक कायिक्रम अधिकारी र विश्वविद्यालयका प्राध्यापकले विकास र समृद्धिका लागि पानीको अतुलनिय भुमिका रहेको बताएका थिए ।

देशको आर्थीक संम्वृद्धिको लागि पानीको स्रोतको पहिचान गरि त्यसको दिगो विकासको लागि चर्चा गरेका थिए ।पानी र उर्जा आयोग सचिवालय नेपालका बरिष्ठ इन्जिनियरिङ भूगर्वविद् श्री माधवदेव आचार्यले यो वेबिनार पानी व्यवस्थापनकता र नितिनिमार्णका लागि अति उपयोगी भएको बताएका छन् ।

उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कोफूला श्रेष्ठ पानी र आर्थीक विकासको बिषयमा चर्चा गरेका थिइन् ।

बष्ठि डिभिजन इन्जिनियर डा. राजिप पोखरेल, पोखरा विश्वविद्यालयका सहयोगी प्रध्यापक डा.गीतामोहन, डा. सरोज चापागाइ, आइएएसका अनुसन्धान फेलोले नेपालमा बातावरणीय स्रोत र नीतिविकल्पमा आर्थीक क्रियाकलापको प्रभाव क्रमश जलस्रोतको प्रदुशन  ध्यान दिएर  अगाडि बढ्न सुझाव दिएका थिए ।

यस कार्यक्रमा विभिन्न क्षेत्रका १०० जना जानकार व्यत्विहरु उपस्थित भएका थिए ।उनीहरुले प्रश्न सोध्नुका साथै कसरी पानी र दिगो आर्थीक विकासलाई समेटेर लान सकिन्छ भन्नेबारे आ-आफ्नो धारणा राखेका थिए ।

 

 

 

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्