Logo
५ जेष्ठ २०८१, शनिबार
(December 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारलाई स्वस्थ्य सामाग्री खरिद प्रकरणमा छानबिन गर्न लेखा समितिको निर्देशन

स्वस्थ्य सामाग्री खरिद प्रकरणमा छानबिन गर्न सार्वजनिक लेखा समितिले अख्तियारलाई निर्देशन दिएको छ ।

ओम्नी कम्पनीले जिम्मा पाएको मेडिकल सामग्री खरिद प्रकरणको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई
सार्वजनिक लेखा समितिले निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका बारे छलफल गर्न लेखा समितिले आज बोलाएको थियो ।

आज शुक्रबार सार्वजनिक लेखा समितिमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्पष्टोक्ति दिँदै मेडिकल सामग्री खरिद प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन्।

उनले यसमा आफ्नो संलग्नता स्वास्थ्य सेवा विभागको खरिद फाइल मन्त्रिपरिषद्सम्म पुर्‍याउने मात्र रहेको पनि बताएका छन्।

स्वास्थ्यमन्त्री ढकाल र सांसदहरुको छलफलपछि समितिले सो प्रकरणलाई थप छानविनका लागि अख्तियारलाई निर्देशन दिएको हो।

समितिले यसअघि पटक पटकको बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरीकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो।

प्रकाशित मिति: Dec 18, 2020

प्रतिक्रिया दिनुहोस्