Logo
९ जेष्ठ २०८१, बुधबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा यस वर्षकै न्यूनतम तापक्रम, देशका केहि स्थानमा हल्का वर्षाको सम्भावना

आज काठमाडौं उपत्यकाको तापक्रम यस बर्षकै कम भएको छ । उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाका अनुसार, ‘सोमबार बिहान पौने ६ बजे रेकर्ड गर्दा काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस पाइयो, यो यस वर्षकै कम तापक्रम हो ।’

तापक्रम घटेकाले बिहानपख उपत्यकामा यस वर्षकै धेरै जाडो महसुस गरिएको छ ।आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

आज प्रदेश १ का पहाडी क्षेत्रमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ को पहाडी क्षेत्रको एक-दुई ठाउँमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यस्तै पश्चिम क्षेत्रको हिमाली भूभागमा हल्का हिउँ पर्ने सम्भावना पनि छ ।

तराई-मधेस क्षेत्रमा लागेको हुस्सु दिउँसोतिर क्रमशः हट्दै जाने महाशाखा जनाएको छ ।

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्