Logo
२३ बैशाख २०८१, आईतबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा थप १ हजार २१७ जना कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

file photo

नेपालमा थप १ हजार २१७ जना कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज १ हजार ६४ जना कोरोनामुक्त भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।

आज १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्।

 

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्