Logo
२ जेष्ठ २०८१, बुधबार
(December 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझा र विवेकशील पार्टी आज पूनः एक हुँदै, मिश्र अध्यक्ष र पाण्डे संयोजक

विवेकशील नेपाली दल र साझा पार्टीबीचआज बुधबार दोस्रो पटक पूनः एकीकरण हुँदैछ ।

वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ नेपाली राजनीतिमा आएका साझा पार्टी र विवेकशील दलले आज पुनः एकता गर्न लागेका हुन् ।

यी दुई दलले आज दिउँसो साढे ३ बजे भर्चुअल कार्यक्रम गरी एकिकरण घोषणा गर्न लागेका हुन् । पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव चिन्ह तराजु हुनेछ।

पार्टीको अध्यक्ष रविन्द्र मिश्र रहनेछन् भने संयोजकको जिम्मेवारी मिलन पाण्डेले पाउनेछन । दुबै दलबाट ६५ र६५ जना केन्द्रिय समितिमा रहनेछन् ।

यसैगरी २६ सदस्यीय सचिवालय चयन गरिनेछ । एकिकृत पार्टीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका मुद्दालाई प्रगतिशील मुद्दाको रुपमा उठाउने बताएको छ ।

एकिकरण घोषणाको ६ महिनाभित्र एकता महाधिवेशन गर्ने बताईएको छ । यसअघि २०७४ साल साउन ११ गते एक भएका यी दुई दल २०७५ साल पुष २७ गते फेरी विभाजीत भएका थिए ।

प्रकाशित मिति: Dec 9, 2020

प्रतिक्रिया दिनुहोस्