Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलमा प्रहरीको पेस्तोल खोसेर तस्करले चलाए गोली, एक जना घाइते

लुम्बिनी प्रदेश अन्तरगत रुपन्देहिको बुटवल मिलनचोक स्थित एक होटेलमा आइतबार बिहान तस्कर समूहले प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदा एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गैंडाको खाग तस्कर समूहले प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ।

गोली लागेर घाइते भएका घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको पहिचान भइसकेको छैन।

उनको चिउडोमा गोली लागेको छ। पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको प्रहरीले जानकरी दिएको छ ।

होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा गएको प्रहरीकै पेस्तोल खोसेर हानेको गोलीले तस्कर समूहकै एकजना घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना होटलको कोठाबाट हाम फालेर फरार भएका छन्।

बुटवलमा प्रहरी परिचालन गरेर उनीहरुको खोजी तीव्र पारेको प्रहरीले जनाएको छ। गैँडाको खाग भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्