Logo
१५ बैशाख २०८१, शनिबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० वृद्धि

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० ले बढेको छ ।

आज छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भई ९२ हजार ६०० मा बजारमा कारोवार भएको महासङ्घले जनाएको छ ।

हिजो बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ । प्रतितोला एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २०५ मा खरीदबिक्री भएको छ ।

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्