Logo
५ जेष्ठ २०८१, शनिबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा आजदेखि एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु, रिपोर्ट आधा घण्टाभित्र आउने

काठमाडौं उपत्यकामा कोरोना परीक्षणको लागि सरकारले आजदेखि नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान र पहिचान गरी पहिलो चरणमा परीक्षण गर्न लागेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमु्खले जानकारी दिएका छन् ।

सरकारले पहिलो पटक समुदायस्तरमा एन्टिजेन परीक्षण सुरु गर्न लागेको हो । कोरोना पहिचानमा एन्टिजेन परीक्षण विधि नयाँ हो ।

जसअनुसार परीक्षणको रिपोर्ट आधा घण्टाभित्र आउने र कुनैपनि व्यक्तिको शरीरमा कोरोना संक्रमण हुन लागेको दुई तीन दिनभित्रै भाइरस पत्ता लाग्ने जनाइएको छ ।

एन्टिजेन परीक्षण आज महानगरपालिकाले जोखिम पहिचान गरेको गौरीघाट, चाबहिल, बिशालनगर, धुम्बाराही, बत्तिसपुतली र मित्रपार्कमा परीक्षण गरिनेछ ।

काठमाडौं महानगरपालिकाको ४, ७ ,९ वडामा पहिलो भोली र मंसिर १७ मा १४, १६, १० वडाका जोखिम स्थान तोकी परीक्षण हुने छ ।

बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनसार यो परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता छ ।

यो एन्टिजेन परीक्षणका लागि नेपाल सरकारलाई  १७ हजार किट एनआरएन जापानले उपलब्ध गराएको हो ।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्