Logo
१५ बैशाख २०८१, शनिबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

प्रदेश नं १ स्थित सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका-२ की २२ वर्षीया महिलाको मृत्यु भएको बीपी प्रतिष्ठानले जनाएको छ ।

उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।संक्रमितको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको बीपी प्रतिष्ठानले जनाएको छ ।

मृतक महिला जनकपुर सिटी अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन् ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्