Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई आज निर्देशन दिएको छ ।

मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको र कात्तिक महिनाको भुक्तानीको क्रममा रहेको जानकारी दिँदै उक्त निर्देशन दिएको हो।

सार्वजनिक सूचना अनुसार आज बसेको सचिवस्तरको निर्णयअनुसार भत्ता उपलब्ध गराउन भनिएको हो। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज सूचना सार्वजनिक गर्दै कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन भनेका छन्।

 

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्