Logo
१५ बैशाख २०८१, शनिबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत एसियाकै सबै भन्दा बढी भ्रष्टाचार हुने देश बन्यो !

ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणले भारत एसियाकै सबै भन्दा बढी भ्रष्टाचार हुने  मुलुकको रुपमा देखाएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल-ग्लोबल करप्शन ब्यारोमिटरका अनुसार भारत एसियाकै सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा देखिएको हो।

भारत, नेपाल, चीन सहित एसियाका १७ देशहरुमा गरिएको सर्वेक्षण पश्चात जारी गरेको प्रतिवेदनले भारतमा सबै भन्दा बढी भ्रष्टाचार हुने गरेको देखाएको पाइएको छ।

सर्वेक्षणमा सहभागी गराइएका १७ देश मध्ये भारत, कम्बोडिया र इन्डोनेसियामा सबै भन्दा भ्रष्टाचार हुने गरेको ट्रान्सपरेन्सी इन्टरनेसनल -ग्लोबल करप्शन ब्यारोमिटरले देखाएको छ।

सर्वेक्षणमा सहभागी मध्ये ३९ प्रतिशत भारतीयले गएको १२ महिनामा घुस तिरेको पाइएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ। यो १७ देश मध्येकै सबै भन्दा बढी रहेको छ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्