Logo
९ असार २०८२, सोमबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा भएकोे भेटवार्तामा ओली-प्रचण्डबीच चर्काचर्की

सत्तारूढ दल नेकपा भित्रको आन्तरिक विवाद उच्च बिन्दुमा पुगिरहेको अवस्थामा पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता  चर्काचर्की भएको छ ।

उक्त भेटवार्ता पार्टी कमिटीको बैठक बोलाउन ओली सहमत नभएपछि बैठकमा दुई अध्यक्षबीच चर्काचर्की भएको स्रोतको दाबी रहेको छ ।

६ दिनदेखि संवादहीनता तोड्दै अध्यक्षद्वय ओली–प्रचण्डबीच बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।दुई अध्यक्षको विवादका कारण पार्टी नै विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला भएको भेटमा पनि कुनै ठोस निर्णय हुन सकेन ।

पार्टीमा जारी विवाद समाधानका लागि सचिवालयको बैठक बस्नुपर्ने प्रस्ताव लिएर बालुवाटार पुगेका प्रचण्डको प्रस्ताव प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अस्वीकार गरेको बताइएको छ ।

 

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्