Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

प्रदेश नं १ स्थित विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका-८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका-११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका- ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धकले जानकारी दिएका छन् ।

उनका अनुसार महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग थियो ।

त्यसैगरी शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका- ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको कलेजका प्रवन्धकले बताए । उनका अनुसार ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक विहान भर्ना भएका थिए । सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो ।

 

प्रकाशित मिति: Oct 23, 2020

प्रतिक्रिया दिनुहोस्