Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च अब पनि सरकारले नै बेहोर्ने

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च अब पनि प्रदेश सरकारले नै बेहोर्ने भएको छ।

महामारीको समयमा सबै नागरिक समस्यामा रहेको र प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका अब पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले नै बेहोर्नेमा सबै ढुक्क हुन प्रदेश सरकारले आग्रह गरेका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका हुन्।

उनका अनुसार प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था छैन।

कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाइ छ। ‘महामारीमा सबै लडेकै छौँ। सबै आआफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ’, उनले भने, ‘सरकारको अभियानलाई साथ दिए मात्रै यो सफल हुन्छ।’

प्रदेशको राजधानी विराटनगरमा मात्रै ३० जना संक्रमितले ज्यान गुमाउँदा पनि प्रदेश सरकार गम्भीर नबन्नु यसको पहिलो उदाहरण भएको कांग्रेसको तर्क छ।

कोरोना जनसुरक्षा कोष खडा गरी रकम संकलन गरे पनि पारदर्शी रूपमा खर्च गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ।

संघीय सरकार कोरोना संक्रमितको उपचार र व्यवस्थापनबाट अलग्गिइरहेको समयमा प्रदेशले मात्रै भनेर नहुने तर्क कांग्रेसको छ।प्रतिपक्षी कांग्रेसले भने प्रदेश सरकारको यो भनाइमा शंका व्यक्त गरेको छ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्