Logo
१३ बैशाख २०८१, बिहीबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।

मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्ता समेत तोकिएका हुन् ।

प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बने । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्