Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा नेता भीम रावलद्वारा दशैँ भत्ताको रकम नलिने घोषणा

नेकपा नेता भीम रावलले कोरोनाको कारण विषम परिस्थितिमा दशैँ भत्ताको रकम नलिने भएका छन् ।

उनले ट्विटरमा कोरोना महामारीका कारण स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गर्दै दशैँ भत्ता नलिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेता रावलले आइतबार सामाजिक सञ्जात ट्विटर मार्फत कुनै पनि जनप्रतिनिधिले दशैँ भत्ता नलिने व्यवस्था गरियोस् भनेका छन् ।

उनले ट्विटरमा भनेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

यसअघि नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि भत्ता नलिने घोषणा गरिसकेका छन् ।संघीय कानुनमा सांसदहरूले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने व्यवस्था भए पनि दशैं खर्चसम्बन्धी व्यवस्था छैन ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्