Logo
१५ बैशाख २०८१, शनिबार
(October 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्रालयले दियो रेम्डिसिभिर औषधि आयात तथा बिक्रि-वितरणका लागि ३ कम्पनीलाई अनुमति

रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रि-वितरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिएको छ।

स्वास्थ्य मन्त्रालयले यति फार्माकेम डिस्ट्रब्युर्टस प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिस् प्राइभेट लिमिटेड, काठमाडौं र हेट्रो ल्याब्स् लिमिटेड,भारत लाई रेम्डीसिभिर औषधि आयात तथा बिक्रि वितरण लागि सूचिकृत गरिएको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले उक्त औषधि प्रयोग गरिरहेका कोभिड१९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्मरफार्मेसीमा सम्पर्क राख्नुपर्ने बताए।

नेपालमा क्लिनिकल ट्रयालका रुपमा रेम्डिसिभिर नामक औषधि कोरोना भाइरस (कोभिड-१९) को उपचार लागि  प्रयोगमा ल्याएको छ।

प्रकाशित मिति: Oct 16, 2020

प्रतिक्रिया दिनुहोस्