Logo
१५ बैशाख २०८१, शनिबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन महिना भाखा नाघेका कर्जाको ब्याजदर ८.९९ % कायम गर्न ९ दिन बाँकी

एन आई सी एशिया बैंकमा २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरुको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न ९ दिन बाँकी रहेको छ ।

सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले Covid -19 बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरुप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको अवस्थामा २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको थियो ।

उक्त योजना अनुसार१ करोडको कर्जा वार्षिक १२ प्रतिशत ब्याजदरमा उपभोग गरिरहेका एक ग्राहक महानुभाव छन्,भने उनले एक वर्षमा ३ लाख रकम बराबरको लाभ लिन सक्नेछन् ।

उक्त लाभ हुनु भनेको यस योजनाका लागि योग्य ग्राहक महानुभावको लागि वहाँले बैंकमा चुक्ता भुक्तान गर्ने ब्याज रकममा २५ प्रतिशतको लाभ हुनु हो । यस असाधारण समयमा ग्राहक महानुभावहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले यति धेरै लाभ हुनेगरी बैंकले यो योजना ल्याएको हो ।

यस योजनामा सहभागी हुन अब मात्र ९ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन बैंक सम्पूर्ण योग्य ऋणीहरूमा हार्दिक आह्वान गर्दछ ।

यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने छन् ।

यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरिरहेका छन् ।

यस योजनामा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । हाल बैंकले आश्विन महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदैै आइरहेको छ ।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्