Logo
५ जेष्ठ २०८१, शनिबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बेलायती नागरिक र डाक्टर हुँ’ भन्दै फेसबुक मार्फत ठगी गर्ने एक महिला पक्राउ

सांकेतिक तस्बिर

सामाजिक संजाल फेसबुकमा फेक आईडी बनाएर ठगी गर्ने एक ३१ बर्षीया सिता भुषाललाई ठगीको आरोपमा पक्राउ गरेको छ ।

रुपन्देही जिल्ला सैनामैना नगरपालिका ११ सालझण्डी घरभई हाल काठमाडौको चन्द्रागिरी नगरपालिका गुर्जुधारा बस्ने ३१ बर्षीया सिता भुषाललाई ठगीको आरोपमा महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको महाशाखा प्रमुख दीपक थापाले बताए ।

उनले एक व्यक्तिलाई बिहे गर्ने आश्वासन दिँदै जन्म दिनको अवसरमा सरप्राईज गिफ्टका रुपमा सुनको सिक्री, आईफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौं रकम ठगी गरेको उजुरी प्रहरीमा परेपछि भुसालको वास्तविकता खुलेको प्रमुख थापाले बताए ।

पक्राउ परेकी महिलाले ‘बेलायती नागरिक हुँ’ भन्दै डाक्टर जामोस सोनार, जेम्स एन्डी जस्ता नामको फेक आइडी बनाएर विभिन्न व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदै रकम ठगी गर्ने गरेको पाइएको छ ।

 

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्