Logo
५ जेष्ठ २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले असोज २० गते १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । संसदबाट स्वीकृत भएको चालु बजेटले दिएको २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउन सरकारको लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोही कार्यतालिकाअनुसार केन्द्रीय बैंकले असोज २० गत मंगलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो । यसअघि पनि राष्ट्र बैंकले असोज ११ गते २० अर्बको ऋणपत्र बोलकबोल गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले वित्तीय प्रणालीमा अधिक तरलताले गर्दा समस्या भएको र निक्षेपको ब्याजदर घटाउन गरेको आग्रहपछि केन्द्रीय बैंक र सरकारले तरलता प्रशोचनको उपायका रुपमा पहिलो चौमास (साउनदेखि कात्तिक) मै ५७ अर्ब आन्तरिक ऋण उठाउन तालिका सार्वजनिक गरेका थिए ।

विकास ऋणपत्र २०८४ ‘घ’ नाम दिइएको उक्त निष्कासन सात वर्ष अवधिको रहेको केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने ब्याजकर लाग्‍नेछ । ऋणपत्रको ब्याजदर बोलकबोलका आधार कम ब्याज कबोल गर्नेलाई वितरण गर्दै जाने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्