Logo
५ जेष्ठ २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडीको प्रदूषण मापन र राजश्व तिर्न ललितपुरको एकान्तकुनादेखि महालक्ष्मीस्थानसम्म भीड

गाडीको प्रदूषण मापन र राजश्व तिर्न ललितपुरको एकान्तकुनादेखि महालक्ष्मीस्थानसम्म भीड लागेको छ ।

एकान्तकुनामा रहेको यातायात कार्यालयमा केही दिनयता १० बजेपछि भीडभाड हुने गरेको छ । कार्यालय भवनको अगाडि राष्ट्रिय वाणिज्य बैंकको काउन्टरमा राजश्व तिर्नेको भीड लाग्ने गरेको हो ।

गाडीको प्रदूषण मापन भइरहेकाले चाप भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । भीडभाडमा दूरी कायम नै नगरि लाइन लाग्ने गरेकाले कोरोनाको जोखिम समेत बढ्दै गएको छ ।

असार १ गतेदेखि नै यातायात कार्यालय खुले पनि राजश्व संकलनको काम भने गएको ७ गते आइतबारदेखि मात्र सुरु भएको हो । राजश्व तिर्न बिहान ३ बजेदेखि नै सडकमा गाडीको लाइन लाग्ने गरेको हो ।

सरकारले कोरोनाको जोखिमका बीच कर तिर्न ताकेता गरेकाले जोखिम मोलेर भए पनि लाइन लाग्न बाध्य हुने गरेको सेवाग्राहीले बताएका छन् ।

कार्यलय खुल्नुअघि नै सडकको छेउमै गाडीको लाइन बढ्दै जाने गरेको छ ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्