Logo
१७ बैशाख २०८१, सोमबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिद्वारा पाँचबुँदे मागसहित प्रदर्शन

पशुपति क्षेत्र विकास कोषद्वारा लागु गर्न लागेको गरुयोजनाबो विरोध जनाउदै पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले विरोध पर्दशन गरेको छ ।
उक्त समितिले हिजो पनि बत्ती निभाएर विरोध गरेको थियो । आज पनि विभिन्‍न पाँचबुँदे मागसहित पशुपतिमा प्रर्दशन गरेको छ । उनिहरुका माग हरु निम्न छन्  – १. पशुपति क्षेत्र विकास कोषद्वारा लागु गर्न लागेको तथाकथित गुरुयोजना खारेज गर ।

२.स्थानीयसँग समन्वय, छलफल नगरी एकलौटी ढंगबाट गुरुयोजना बनाउने सदस्य सचिवलगायत पदाधिकारीहरु राजीनामा दे ।

३. पशुपति क्षेत्र विकास कोष खारेज गरी स्थानीयको नेतृत्वमा नयाँ संरचना निर्माण गर । ४. पशुपति क्षेत्र विकास कोषलाई भर्तीकेन्द्र बनाउने खेल तत्काल बन्द गर ।

५.तथाकथित भनिएको गुरुयोजनामा समावेश भएका निर्माण कार्य तथा जथाभावी ठेक्कापट्टा तत्काल बन्द गर  जस्ता माग रहेका छन् ।समितिका संयोजक कृष्णमान श्रेष्ठले माग पूरा नहुने बेलासम्म आन्दोलन नरोकिने बताए ।

 

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्