Logo
५ जेष्ठ २०८१, शनिबार
(October 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्जमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश ५ स्थित बाँकेको नेपालगञ्जमा शनिबार पनि कोरोनाबाट एकजनाको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगञ्जमा उपचारमा रहेका ६० वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले दैलेख घर भइ नेपालगञ्जको कोरियनपुरमा बस्दै आएका ६० वर्षीय पुरुषको आज दिउँसो ४ः५६ बजे मृत्यु भएको जानकारी दिए।

असोज १५ गते कोरोना पुष्टि भएका ६० वर्षीय पुरुषलाई लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटुरोगको समस्या थियो। जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

श्रेष्ठका अनुसार, बाँकेमा कोरोनाका २१ जना सिकिस्त बिरामी छन्। भेरी अस्पतालमा १६ र नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा ५ जना सिकिस्त बिरामी रहेका छन्।

जिल्लामा कोरोनाको लक्षण देखिएका एक सय १७ जना बिरामी छन्। श्रेष्ठका अनुसार, सामान्य खालका बिरामी आठ जना, मध्यम खालका ९२ जना र सिकिस्त बिरामी २१ जना छन्।

त्यस्तै ७१ जना बिरामी होम आइसोलेसनमा बसेका छन्। होम आइसोलेसनमा बसेकाहरु सामान्य खालका बिरामी छन्। नेपालगञ्ज उपमहानगरपालिकामा ४१, कोहलपुर नगरपालिकामा २६ र बैजनाथ गाउँपालिकामा ४ जना होम आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति: Oct 3, 2020

प्रतिक्रिया दिनुहोस्