Logo
५ जेष्ठ २०८१, शनिबार
(October 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप ११ जनाको कोरोनाबाट मृत्यु, मृतक संख्या ५२० पुग्यो

नेपालमा २४ घण्टामा  थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आठ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ।

मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ। त्यस्तै, मोरङमा २७, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, भक्तपुरमा ६१ र ५१, काठमाडौंमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०. ६५ प्रतिशत छ।

प्रकाशित मिति: Oct 2, 2020

प्रतिक्रिया दिनुहोस्