Logo
५ जेष्ठ २०८१, शनिबार
(October 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैं आसपासमा लकडाउन गर्ने गरी हामिले कुनै सुझाव दिएका छैनौं : प्रवक्ता गौतम

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दशैं आसपासमा लकडाउन गर्ने गरी कुनै सुझाव नदिएइको बताएका छन् ।

उनका अनुसार देशभरमा गरी जम्मा सक्रिय कोरोना संक्रमितको संख्या देशभर २१ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार नाघे देशमा फेरि लकडाउन गर्नुपर्ने सिफारिस गरिएको बताइएको थियो ।

यस्तोमा दशैं आसपासमै लकडाउन हुने चिन्ताले मानिसहरुलाई सताएको छ । तर दशैं आसपासमा लकडाउन गर्ने गरी मन्त्रालयले कुनै सुझाव सरकारलाई नदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिए ।

‘हामीले यसअघि संक्रिय संक्रमित २५ हजार पुगे हाम्रो संरचनाले उपचार गर्न सक्दैन भनेर पुनस् लकडाउन गर्न सुझाव दिने भनेका हौँ,’ उनले अगाडि भने, ‘तर दशैं आसपासमै लकडाउन गर्न कुनै सुझाव दिइएको छैन ।’

तर दशैंमा धेरै मानिसहरु आफ्नो थातथलो जाने हुँदा संक्रमण गाँउगाउँ पुग्ने जोखिम भने उच्च रहेकाले सतर्कता अपनाउनु पर्ने उनले बताए । हाल उपत्यकामा संक्रमण बढिरहेको छ ।

यही बेला हाम्रो ठूलो पर्व दशैं आउदै छु, उनले भने, ‘मानिसहरु आफ्नो गाउँ जाने हुँदा संक्रमण फैलिले उच्च जोखिम छ, त्यसैले हामीले सकभर यसपटकको दशै जहाँ छौँ, त्यही मनाऊँ भन्‍ने सुझाव दिन्छौँ ।’

यस्तै प्रवक्ता गौतमले पछिल्लो समय उपत्यकामा देखिएका धेरै कोरोना संक्रमितहरु बैंक, फाइनान्स र अस्पतालका कर्मचारी रहेको बताए ।

ुसंक्रमितबाट परिवारका सदस्यमा कोरोना सरेको छु, उनले भने, ‘बैंक तथा फाइनान्सका कर्मचारी, अस्पतालका नर्स९चिकित्सक र सुरक्षाकर्मीहरु धेरै संक्रमित भएका छन् ।’

प्रकाशित मिति: Oct 2, 2020

प्रतिक्रिया दिनुहोस्