Logo
५ जेष्ठ २०८१, शनिबार
(October 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

रौतहटबाट श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

रौतहटको सदरमुकाम गौर नगरपालिका २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट आउँदै गरेका कांहारलाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट १५ लाख रुपैयाँ नेपाली बारामद भएको हो ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी बैरगनिया थाना क्षेत्रबन्तरगत असोगी-५ बस्ने वर्ष २० का राजुकुमार कांहार छन् ।

घुँडामाथि रबडको सहायताले लुकाएर ल्याउन लागेको श्रोत नखुलेको नेपाली १५ लाख रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताएका छन् ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 2, 2020

प्रतिक्रिया दिनुहोस्